दार्जिलिङ : “एक थुकी सुखी हजार थुकी नदि”-को भनाइलाई आत्मसात गर्दै भागोप्रमो केन्द्रीय युवा समितिका अध्यक्ष अमृत योञ्जन सम्पूर्ण युवाहरुलाई पीडित परिवारहरुको सहयोगको निम्ति अघि आउने आह्वान् गर्दै घटना स्थलमा पुगेका थिए। गत २ अक्टोबर २०२३ देखि अबिरल रुपमा परेको वर्षाको कारण टिस्टा नदिको जल स्तर बडेर वरिपरिका धेरै स्थानहरु क्षतिग्रस्त भएको छ। धेरै घरहरु पानीको बहाऊमा पर्न गएका छन्। धेरैले आफ्नो सम्पत्ति साथै सरकारी कागजपत्र (Certificate) समेत गुमाएका छन्। यस्तो अवस्थामा हाम्रो गोर्खे सन्तानहरुलाई कुनै पनि प्रकारको समस्या नपरोस भनेर भागोप्रमो युवा शक्तिका अध्यक्ष अमृत योञ्जन घटना स्थलमा पीडित परिवारहरुको दु:खेसो साट्नका निम्ति केही राहतका सामाग्रीहरु लिएर पुगेका थिए।

आजभन्दा लगभग ५५ वर्ष पूर्व सन् १९६८ सालमा पनि टिस्टा नदीको यस्तै भयावह रुपको कारण स्थानीय बासिन्दाहरुले धन र जनको धेरै नोक्सान उठाउन परेको थियोे। इतिहास फेरि दोहोरिएको छ टिस्टा नदीको जल स्तर बडेको कारणले गर्दा टिस्टा बजारस्थित क्षेत्रका कतिपय घरहरु नदीले समेटेर लगे भने कति घरहरु बालुवाको राशमा पुरिन गए।

यसकारण केन्द्रीय युवा अध्यक्ष योञ्जन सम्पूर्ण सदस्यगणलाई निवेदन गर्दै पीडित परिवारको सहायताको निम्ति अघि आउने आह्वान् गरेका छन्।