हाङझाउ : एसियाली खेलकुद २०२३ को ११ औं दिन भारतकी स्टार महिला मुक्केबाज लोभलिना बोर्गोहेनले रजत पदक जितेकी छन्। चिनियाँ खेलाडी ली क्यानले ७५ केजी तौल समूहमा लोभलिनालाई पराजित गरेका छन्। तीनवटै राउण्डपछि विजेता घोषणा गरियो र लभलिनाले रजत पदकमै चित्त बुझाउनु परेको थियो।
महिला बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितिन्
चिनियाँ खेलाडीले उक्त खेल ५–० ले जितेका थिए। लभलिना बोर्गोहेनलाई यो वर्ष १९ औं एसियाली खेलकुदका लागि भारतीय टोलीको फ्ल्याग बेयरर पनि नियुक्त गरिएको थियो। उनीसँगै भारतीय पुरुष हक्की टोलीका कप्तान हरमनप्रीत सिंह पनि थिए। यसै वर्षको मार्चमा नयाँ दिल्लीमा भएको विश्व महिला बक्सिङ च्याम्पियनसिपमा पनि लभलिनाले स्वर्ण पदक जितेकी थिइन्।
लभलिना असमकी पहिलो खेलाडी हुन्
लभलिना बोर्गोहेन असमकी बासिन्दा हुन्। उनी ओलम्पिकमा असमको प्रतिनिधित्व गर्ने पहिलो महिला एथलीट र दोस्रो बक्सर हुन्। उनी २०२० मा अर्जुन अवार्डबाट पनि सम्मानित भएका छन्। लभलिनाले २०२३ आईबीए महिला विश्व बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। उनले अष्ट्रेलियाकी केटलिन पोर्करलाई हराएकी हुन्।
भारतले अहिलेसम्म ७४ पदक जितेको छ
लभलिना बोर्गोहेनको रजत पदकसँगै भारतको खातामा कुल २७ रजत छन्। यो समाचार लेख्दासम्म भारतसँग ७४ पदक छ। जसमा १६ स्वर्ण, २७ रजत र ३१ कास्य पदक रहेका छन्।