बंगालमा तृणमूलको हरेक बाधासित सामना गर्न तयार छ भाजपा- शुभेन्दु अधिकारी

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः भारतीय जनता पार्टीका वरिष्ठ विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले पश्चिम बंगालमा भाजपालाई तृणमूलको तर्फबाट आइलाग्ने हरेक बाधाको सामना गर्न उनको पार्टी तयार रहेको जनाएका छन्। राज्यको बाकी राशिको मागमा दिल्लीमा धरना दिन पुगेका तृणमूल नेता अभिषेक ब्यानर्जी सहित पार्टीका अन्य प्रतिनिधिहरूलाई मंगलवार साझँ हिरासतमा लिइएको थियो। यसपछि तृणमूलले बुधवार राज्यभरिमा विरोध प्रदर्शनको आयोजन गरेको छ। पार्टीको तर्फबाट भनिएको छ कि अब बंगालमा पनि भाजपालाई कार्यक्रम गर्न दिइनेछैन र उसलाई ठाउँ-ठाउँ बाधा पुऱ्याइनेछ।

यसबारे बुधवार बिहान एयरपोर्टमा मीडियासित कुरा गर्दै शुभेन्दुले भने, बंगालमा अगावैदेखि भाजपालाई चारैतिरबाट बाधा दिइन्छ। यहाँ लोकतन्त्र छैन। अब अगाड़ीपनि जे हुनेछ, पार्टी त्यसको सामना गर्न तयार छ। अभिषेकलाई हिरासतमा लिइने सम्बन्धी प्रश्नको जवाफमा उनले भने, पाँच जनालाई भेट्ने अनुमति दिइएको थियो तर ४० जनालाई लगेर त्यहाँ ड्रामा गरिरहेका थिए। जुन समय दिइएको थियो, उक्त समयमा गएनन्। तृणमूलको उद्देश्य दिल्लीमा नाटक गर्नु थियो। मनरेगाको फण्ड रोकिएको प्रश्नको जवाफमा उनले भने, ममता सरकार सबैभन्दा भ्रष्ट सरकार हो। केन्द्रको रूपियाँ लूटिरहेछिन्। भ्रष्टाचारलाई रोक्नपर्नेछ, यसको निम्ति फण्ड रोक्नु जरूरी छ। यसको निम्ति केवल र केवल ममता ब्यानर्जी सरकार जिम्मेवार छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement