कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) ले एक पल्ट फेरि अभिषेक ब्यानर्जीलाई नोटिस पठाएको छ। उनलाई आगामी सोमवार सीजीओ परिसर स्थित केन्द्रिय एजेन्सीको अफिसमा हाजिर हुनलाई भनिएको छ। लिप्स एण्ड बाउन्ड्स कम्पनीको निदेशको रूपमा उनलाई सोधपुछको निम्ति बोलाइएको छ।
यसअघि उनलाई ०३ अक्टोबर अर्थात् हिजो हाजिर हुनलाई भनिएको थियो। तर उनले दिल्लीमा आफ्नो पार्टीको तर्फबाट केन्द्र विरूद्ध धरनाको नेतृत्व गरिरहेका थिए, यसैले सामेल भएनन्। यसअघि ईडीले अभिषेक ब्यानर्जीका पिता अमित ब्यानर्जी र आमा लता ब्यानर्जीलाई पनि आफ्नो सम्पत्तिसित सम्बन्धित दस्तावेज लिएर हाजिर हुनलाई भनेको थियो।
-हिस