अभिषेक ब्यानर्जीकी पत्नीलाई पनि ईडीले पठायो नोटिस

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीकी पत्नी रूजीरालाई ईडीले एक पल्ट फेरि सोधपुछको निम्ति नोटिस पठाएको छ। उनलाई आगामी हप्ता सीजीओ कम्प्लेक्स स्थित केन्द्रिय एजेन्सीको अफिसमा हाजिर हुनलाई भनिएको छ।

उनको बयान रेकर्ड गरिनुछ। यसअघि कोइला तस्करी मामिलामा रूजीरासित धेरै पल्ट सोधपुछ भएको छ र हालमा शिक्षक नियुक्तिको क्रममा उनका पति अभिषेक ब्यानर्जीलाई पनि ईडीले तीन वटा नोटिस दिएको छ। अब उनकी पत्नीलाई ईडीले नोटिस पठाउँदा तृणमूल हमलावर भएको छ।

पार्टी प्रवक्ता कुणाल घोषले भने, यो नोटिस कुन मामिलामा पठाइयो, यो कुरा होइन। कुरा के हो भने अभिषेक ब्यानर्जी र उनको परिवारलाई डराउने प्रयास भइरहेछ, जसमा भाजपा कहिलेपनि सफल हुनेछैन।

-हिस

About Author

Advertisement