कोलकाताः पश्चिम बंगालको बाँकी भुक्तानको मागमा सत्तारूढ़ तृणमूल कंग्रेसद्वारा आयोजित दुई दिवसीय धर्ना प्रदर्शन गए तीन अक्टोबरको राती राष्ट्रिय राजधानी दिल्लीमा समाप्त भयो। त्यसपछि तृणमूल प्रतिनिधि सहित पश्चिम बंगालका लगभग अढ़ाई हजार मनरेगा श्रमिकहरू बंगाल फर्किए। दिल्लीमा आफ्ना भतिजा अभिषेक ब्यनर्जी समेत अन्य नेताहरूलाई हिरासतमा लिइएकोमा मुख्यमन्त्री ममता ब्यनर्जीले रोष प्रकट गरेकी छन्। उनले भनेकी छन्, यो लोकतन्त्रको लागि सबैभन्दा कालो दिन हो।
वास्वतमा केन्द्रिय ग्रामीण विकास राज्यमन्त्रीसित भेट गर्नका लागि अभिषेक ब्यनर्जीको नेतृत्वमा तृणमूल प्रतिनिधिमण्डल कृष भवन गएका थिए। यहाँ सम्बन्धित मन्त्रीसित भेट नभएपछि उनीहरूले धरना गरे। त्यसपछि पुलिसले उनीहरूलाई हिरासतमा लिएर मुखर्जी नगर थाना पुऱ्यायो। लगभग दुई घण्टासम्म हिरासतमा राखेपछि अबेर राती सबैलाई रिहा गरिदियो।
यस सम्बन्धमा ममता ब्यनर्जीले माइक्रो ब्लगिङ्ग साइट एक्समा हिजो अबेर राती लेखेकी छन्, आज लोकतन्त्रको लागि अन्धकार औ कालो दिवस हो। पश्चिम बंगालका मानिसहरूप्रति भाजपाको घृणा अनि गरीबहरूको अधिकारप्रति उनीहरूको गैरजिम्मेवारीपूर्ण आचरण देखिएको छ। लोकतान्त्रिक मूल्य पनि पूर्ण रूपले समाप्त भएको देखिँदैछ। सबैभन्दा पहिला त उनीहरूले पश्चिम बंगालका गरीबहरूको पैसा रोके। हाम्रा प्रतिनिधिहरूले दिल्लीमा शान्तिपूर्ण ढंगमा आन्दोलन गरी उनीहरूसित भेट गर्ने प्रयास गर्दा हाम्रा प्रतिनिधिहरूसित निर्मम आचरण गरियो। पहिला राजघाटमा र अहिले कृषि भवनमा दिल्ली पुलिसले हाम्रा प्रतिनिधिहरूलाई प्रताड़ित गऱ्यो।
उल्लेखनीय छ, पश्चिम बंगालमा सय दिनको रोजगार ग्यारण्टी योजना मनरेगाको फण्ड रोकिएकोमा तृणमूल कंग्रेसले दिल्लीमा धर्ना प्रदर्शन गरेको थियो। धर्ना प्रदर्शन गए दुई अक्बोरमा राजघाटदेखि शुरू गरेर दुई दिनसम्म जन्तर मन्तरमा प्रदर्शन गरेपछि यसको समापन भएको छ।
-हिस