५७ वटा आईफोन सहित एक पक्राउ

48ff9d04-514e-4d5b-8f0c-c65115e1b43c

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ रहेको जयगाउँ सीमा चौकीका एसएसबी जवानहरूले एउटा गोप्य सूचनाको आधारमा बुधबार जयगाउँ-भोटाङ गेट क्षेत्रबाट भोटाङदेखि जयगाउँमा तस्करी गर्न ल्याईएको जम्मा ५७ वटा आईफोन सेट सहित एकजनालाई पक्राउ गरेको एसएसबी सुत्रले जनाएका छन्। एसएसबी सुत्रले जनाए अनुसार, जफत गरिएको ५७ वटा आईफोनमध्ये आईफोन १५ प्रो म्याक्स ३६ वटा र आईफोन १५ प्रो २१ वटा रहेको छ। भोटाङबाट भारततर्फ तस्करी गर्ने क्रममा सीमा स्तम्भ संख्या ६९/४ देखि करीब २० मीटर भारतपट्टि उक्त आईफोन जफत गरिएको एसएसबी सुत्रले जनाएका छन्।
आईफोन सहित पक्रा परेका तस्करलाई सम्पूर्ण प्रक्रिया पश्चात जयगाउँ कस्टम विभाग समक्ष सुम्पिएको छ भने जफत गरिएको आईफोनको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग १ करोड़ बराबर हुनसक्ने अनुमान लगाईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement