कालचिनी: बन विभागद्वारा चलाईएको अभियानमा आज उत्तर मेन्दाबारी क्षेत्रबाट प्रायः १५ सीएफटी अवैद्य चिराएको साल र सयगुणको काठहरू उद्धार भएको मन्थराम बीट अधिकारी राजीव चक्रवर्तीले जनाएका छन्। नियमित अभियानमा निस्किएको बनकर्मीहरुले लुकाएर राखेको ठाउँबाट उक्त चिराएको बटम र ब्लक साइजको काठहरु उद्धार गर्न सफल भएको बताउँदै बजार मूल्य प्रायः ४० हजार रुपियाँ बराबर रहेको बन विभागले जनाएका छन। यद्यपि यस सम्बन्धमा कसैलाई पक्राउ गर्न नसकिएको पनि बन विभागले थप जनाएका छन।