असामका राज्यपालले गरे ‘ग्रेट माइन्ड्स अन इण्डिया’ सलिल ज्ञवालीको प्रशंसा

IMG-20231004-WA0235

गुवाहाटी: हालै असमका राज्यपाल गुलाब चन्द कतारियाले  सलिल ज्ञवालीलाई प्रशंसा पत्र पठाएका छन्।  राज्यपालको प्रशंसा पत्र यसप्रकार छ:

‘मेघालयका श्री सलिल  ज्ञवालीलाई उनको अनुसन्धानमा आधारित पुस्तक ‘ग्रेट माइन्ड्स अन इण्डिया’ मार्फत राष्ट्रका लागि उल्लेखनीय योगदानका लागि हार्दिक प्रशंसा गर्न पाउँदा म अत्यधिक प्रसन्न  छु। यस पुस्तकले विश्वभरका सम्मानित विद्वानहरूको प्रशंसा कमाएको छ, यसलाई राष्ट्रिय गौरवको स्रोतको रूपमा प्रतिष्ठित गरेको छ। यसले भारतको प्राचीन ज्ञानको गहिराइमा प्रकाश पार्दै विश्व प्रसिद्ध बुद्धिजीवीहरूबाट ज्ञानका दुर्लभ मोतीहरू सुन्दर रूपमा प्रस्तुत गर्दछ। यसका पृष्ठहरूमा साझा गरिएका गहन अन्तर्दृष्टिले विद्यार्थीहरूका लागि मात्र नभई बुद्धिजीवीहरूका लागि पनि प्रेरणाको रूपमा काम गर्दछ, जसले उनीहरूलाई प्राचीन भारतको प्रचुर मात्रामा साहित्यिक खजानाहरू अझ विस्तृत रूपमा अन्वेषण गर्न प्रोत्साहित गर्दछl’-

यो विश्व चर्चित पुस्तक अससमिया भाषामा अनुवाद भइसकेको खबर पनि प्राप्त भएको छ।  श्रीमती राजलक्ष्मी गोस्वामीद्वारा अनुदित यो असामी संस्करण असम सरकारले आफै प्रकाशन गर्ने भएको छ। भारतका  विभिन्न भाषाहरु मात्र  अनुवादित नभएर, अन्तर्राष्ट्रिय भाषा, जस्तै:  जर्मन, उर्दु, अरबिक भाषामा   समेत अनुवाद भइसकेको छ। यस पुस्तकको उर्दु संस्करण असमका राज्यपाल गुलाब चन्द कतारियाद्वारा १३ जून महिनामा असम राजभवन, गुवाहाटीमा  विमोचन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement