बाघडुग्राः आज ६ सूत्रीय मागलाई लिएर बाघडुग्रा थानाका ट्राफिक ओसीलाई एउटा ज्ञापन चढायो। उक्त ज्ञापन बाघडुग्रा अञ्चल कङ्ग्रेसको तर्फबाट चढाएको थियो। आज ज्ञापन दिन अघि पानीघट्टास्थित पार्टी कार्यालयबाट एउटा विरोध ऱ्याली निकालिइयो। यसपछि बाघडुग्रा थानाका ट्राफिक ओसीसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाइयो। यस सम्बन्धमा नक्सलबारी ब्लक कङ्ग्रेस अध्यक्ष अमिताभ सरकारले भने वर्तमानमा सरकारी बस जस्तै केही बसहरू सडकमा चलिरहेकोले गर्दा मानिसहरू उक्त बसलाई सरकारी बस सम्झेर भ्रमित भइरहेका छन्। उक्त ज्ञापन पत्रमा बाघडुग्रा सिलगढी रुटमा म्याजिक अटोले यात्रीहरूबाट मनमानी भाडा लिइरहेको छ। बाघडुग्रा पानीघट्टा मोडमा चाँडै इलेक्ट्रिक ट्राफिक सिग्नल, गाउँको सडकहरूमा १८ वर्षभन्दा कम उमेरका ट्याक्टर चालकहरूविरुद्ध कार्वाही, अँध्यारो फ्लाईओभरमा असामाजिक गतिविधिहरूमाथि रोक लगाउनुपर्ने आदि जस्ता मागहरू उल्लेख गरिएको छ। यी सबै मागहरूलाई लिएर आज बाघडुग्रा अञ्चल कङ्ग्रेसको तर्फबाट उक्त ज्ञापन पत्र चढाएको हो।