बाढ़को चपेटमा फसेकाहरुको मदतको निम्ति बीजीपीएम अघि आए

IMG-20231004-WA0222.jpg

कालेबुङ। सिक्किममा आएको भयावह बाढ़को परिस्थितिबीच कालेबुङ विधायकको पक्षबाट महत्वपूर्ण सूचना जारी गरिएको छ। रम्फुदेखि कीर्नेसम्म राष्ट्रिय राजमार्ग १० अन्तर्गत पर्ने सबै आपदा पीड़ितहरुको लागि राहत पुऱ्याउन बीजीपीएम सदस्य पेरे राई र सार्जेन्ट राईसित सम्पर्क गर्न सकिने र मल्ली अनि टिस्टा क्षेत्रका बासिन्दाहरुले बीजीपीएम सदस्य सिनोरा नाम्चु अनि कालेबुङ खण्ड १ का पञ्चायत सभापति ममता गुरुङ, पञ्चायत सदस्य अर्जुन छेत्री र साङ्गसे ग्राम पञ्चायत प्रधानसित सम्पर्क गर्न सक्ने सूचना जारी गरिएको छ। उपरोक्त सदस्य तथा व्यक्तिहरु बाढ़मा फसेका पर्यटक औ सर्वसाधारणको मदत अथवा राहत व्यवस्था गर्न तयार रहेको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement