कोलकाताः पश्चिम बंगालमा राजनीतिक हत्याहरूको क्रम रोकिने नाम लिइऱहेको छैन। ताजा घटना मुर्शिदाबादबाट आएको छ। यहाँ तृणमूलका पूर्व पञ्चायत सदस्यका पतिको गोली हानेर हत्या गरिएको छ। मृतकको पहिचान प्रबीर दासको रूपमा गरिएको छ। घटना मुर्शिदाबादको सूती हपानिया क्षेत्रको हो।
सूती थाना पुलिस अनुसार, मंगलवार अबेर साझँ प्रबीर आफ्नो पोल्ट्री फार्ममा बसेका थिए। तब बाइकमा आएका धेरै मानिसहरू बन्दूक लिएर पोल्ट्री फार्ममा पसे। उनलाई तीन राउण्ड गोली हानियो। प्रबीरको गर्दनमा गोली हानियो, जसले गर्दा धेरै रगत बगेको कारण उनको घटनास्थमै मृत्यु भयो। उनलाई महिसाइल ब्लक अस्पताल लाँदा चिकित्सकहरूले उनलाई मृत घोषित गरे। सूती थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ। फरक्काका एसडीपीओ रासप्रीत सिंह पनि बुधवार बिहान घटनास्थलमा पुगेका छन्। बुधवार बिहानदेखि क्षेत्रको निगरानी भइरहेछ र सोधपुछ जारी छ।
-हिस