बंगालमा लगातार पानी परेपछि सामान्यभन्दा धेरै मुनि पुग्यो तापक्रम

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा लगातार पानी परिरहेको कारण मौसममा भारी बदलाव आएको छ। तापक्रम सामान्यभन्दा चार डिग्री तल झरेर न्यूनतम २५.३ डिग्री सेल्सियस र अधिकतम २९.५ डिग्री सेल्सियस पुगेको छ। यसले गर्दा रातको समय चिसो हुन थालेको छ।

मौसम विभाग अनुसार, गत २४ घण्टामा कोलकातामा ६१.३ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ। वड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा, बर्दवान र बीरभूममा बुधवार बिहानदेखि पानी पर्नु शुरू भएको छ, जुन दिनभरि जारी रहनेछ। उत्तर बंगालको अलिपुरद्वार, कुचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा पनि लगातार पानी पर्ने क्रम जारी छ। यद्यपि, राज्य सरकारले अगावै सात जिल्लामा बाढ़को आशंका व्यक्त गरेको छ र लगातार पानी पर्दा थप चिन्ता बढ़ाएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement