ढुकुरे बस्तीमा सृजना युवा संघद्वारा भानु जयन्ती पालन

IMG-20220714-WA0143.jpg

गोरुबथान: ढुकुरे बस्ती सृजना युवा संघको तत्वधानमा २०८औं भानुभक्त जयन्ती पालन गरियो। उक्त कार्यक्रममा मुख्य अतिथी मायालु बस्ती शिशु शिक्षा केन्द्रका शिक्षक बिकास राई, अनुज्ञालय संस्थाबाट उज्ज्वल राई, ढुकुरे बस्ती समाज सभापति इमान राई, जिल्ला कानुनी सेवा प्राधिकरणको पक्षबाट राजु सार्की हुनुहुन्थ्यो। कवि भानुभक्तको फोटोमा मुख्य अतिथिको बहुलीबाट खदा अर्पण द्वारा कार्यक्रमका शुरू गरियो। रामायणको श्लोक वाचन, कविता वाचन, नित्य आदि रहेको थियो। बिकास राईले भानुभक्तको जीवनी एवं नेपाली भाषामा वहाँको योगदानबारे प्रकाश पार्दै नानी एवं युवाहरुद्वारा गरिएको उक्त कार्यक्रमबारे प्रशंसा गरे। साथै विगत सात वर्षदेखि निरन्तर अभिभावकको रूपमा नानीहरुसित रही अनुज्ञालय संस्था गरेको कामको नतिजा आजको कार्यक्रम पनि एक उदहारण हो भन्दै आभारी प्रकट गरे। साथै उज्जवल राईले नेपाली भाषामा भानुभक्त आचार्यद्वारा गरिएको योगदानलाई जीवित राख्नु हो भने, आफ्नो भाषाको प्रयोग गर्नु अनिवार्य रहेको बताए। जसरी अङ्ग्रेजहरूले भारत छोडेर गए पनि आजसम्म अंग्रजी भाषाले देशमा राज गरिराखेको मुख कारण आफ्नो भाषालाई भन्दा अंग्रेजी भाषा प्रयोग हो। विशेष गरी कुनै पनि कार्यालयहरुमा आवेदन पत्र लेख्दा नेपाली नै प्रयोग गरी दिने साथै आज एकदिन यस्तो कार्यक्रम गरी एउटा परम्परा कायम मात्र होइन तर, वहाँले गरेको योगदानलाई कायम राख्नु दैनिक जीवनमा कसरी व्यवहारिक बनाउने उक्त कुरोले नै वहाँको जन्म जयनी पालनको निम्ति सही मूल्याङ्कन हुने छ भनी भने। कार्यक्रम सञ्चालकको रुपमा, सुस्मिता छेत्री र भबिलाल राई को साथ मा यस कार्यक्रमलाई सम्पन्न गरियो। नानीहरूलाई सानु सानु उपहार वितरण साथै सभापतिको धन्यवाद ज्ञापनद्वारा कार्यक्रमको अन्त गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement