अभिषेक ब्यानर्जीलाई पक्राउ गरेको विरुद्ध तृणमूल छात्रा परिषदको प्रदर्शन जारी

IMG-20231004-WA0223.jpg

अलिपुरद्वार। दिल्लीमा सयदिने कामको रकम दिनु पर्ने दाबीमा तृणमूलको विरोध आन्दोलनमा तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीलाई पक्राउ गरिएको विरोधमा बुधबार तृणमूल छात्रा परिषदले अलिपुरद्वार कलेज हल्टमा सड़क अवरोध गरे। पानीले निथ्रुक्क भिजेर पनि तृणमूल छात्रा परिषदका सदस्यहरुले सड़क जाम गर्दै विरोध प्रदर्शन गरे। उक्त विरोध प्रदर्शनमा अलिपुरद्वार नगरपालिकाका चेयरम्यान प्रसेनजीत कर लगायत तृणमूल छात्रा परिषदका जिल्ला अध्यक्ष समीर घोष, एवम् अन्यान्य छात्रा नेताहरुको सहभागिता रहेको थियो। बुधबार यसै क्रममा नै तृणमूल छात्रा परिषद र तृणमूल युवा कंग्रेसले कालचिनी, हाँसीमारा, बीरपाड़ा लगायत अन्यान्य ठाउँहरुमा विरोध प्रदर्शन गरे।

अपरान्ह समय तृणमूल युवा कंग्रेसले कालचिनी स्थित कारगिल चौकमा केन्द्र सरकार विरुद्ध जमेर विरोध प्रदर्शन गरेको थियो भने हाँसीमारा एसियन हाइवेमा अनि हाँसीमारा चौपति क्षेत्र लगायत बीरपाड़ा चौपति क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। यस विरोध प्रदर्शनमा तृणमूल छात्रा परिषदले प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहको कड़ा निन्दा जनाएका छन्। ज्ञात रहोस, भोलि तृणमूल कंग्रेसको पक्षबाट प्रत्येक ब्लकहरुमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री लगायत अन्य केन्द्रिय मन्त्रीहरुको पुतला दहन कार्यक्रम रहेको तृणमूल सुत्रले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *