फेरि उपचारमा लापरवाहीले बिरामीको मृत्यु भएको इस्लामपुर महकुमा अस्पतालमाथि उठ्यो आरोप

IMG-20231004-WA0200.jpg

उत्तर दिनाजपुर। उपचारमा लापरवाहीका कारण बिरामीको मृत्यु भएपछि इस्लामपुर महकुमा अस्पतालमा बुधबार फेरि ठुलो हंगामा भएको छ। अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तजनले चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। घटनालाई लिएर बुधबार बिहान इस्लामपुर महकुमा अस्पतालमा ठूलो तनाउ फैलिएको थियो। चोपड़ा थाना क्षेत्रको सितला गाउँका अमत अली नामका बिरामीलाई सोमबार ज्वरो आएपछि परिवारका सदस्यले इस्लामपुर महकुमा अस्पतालमा भर्ना गरेका थिए भने बुधबार बिहान बिरामीको अवस्था बिग्रिन थालेको थियो। अस्पतालका नर्ससँग कुरा गर्दा अस्पतालका नर्सिङ स्टाफले परिवारका सदस्यलाई दुर्व्यवहार गरेको आफन्तजनले आरोप लगाएका छन्।

बिरामीलाई सुई दिएपछि केही समयपछि नै बिरामीको मृत्यु भएको थियो। यो घटनाबाट आक्रोशित परिवारका सदस्यहरुले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए। घटनालाई लिएर अस्पताल परिसरमा निकै सनसनी मच्चिएको‌ थियो। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। यस घटनामा इस्लामपुर पुलिसले धेरैलाई पक्राउ गरेको छ भने पुलिसले अनुसन्धान सुरु गरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement