टिस्टामा रेड अलर्ट जारी

IMG-20231004-WA0186.jpg

सिलगढ़ी। सिँचाइ विभागले टिस्टा नदीको असुरक्षित क्षेत्रमा रेड अलर्ट जारी गरेको छ। यसबाहेक संरक्षित क्षेत्रमा पहेंलो चेतावनी जारी गरिएको छ। सिँचाइ विभागले आज बिहान १० बजे रेड अलर्ट जारी गरेको हो। बिहान १० बजे टिस्टा ब्यारेजबाट ८२५२ दशमलव ४० क्युसेक पानी छोडिएको थियो।
सिक्किमको पहाडी क्षेत्रमा बादल फुटेर आएको वर्षाले टिस्टामा आएको भीषण बाढीका कारण पहेँलो चेतावनी जारी गरिएको बताईएको छ। सिँचाइ विभागले टिष्टा दोमोहनीदेखि बंगलादेशसम्मका असुरक्षित क्षेत्रमा पहेँलो चेतावनी जारी गरेको छ भने टिस्टाको तटीय क्षेत्रमा माइकिङसँगै प्रहरी अधिकारीहरूले पनि नदी पारका मानिसहरूलाई बाहिर निकाल्न चेताउनीको सिट्टी बजाइरहेका छन्।

टिस्टा ब्यारेजबाट निस्कने पानीको परिमाण यसप्रकार बताईएको छ।
१) बिहान ५ बजी ३४८४ क्युसेक

२) बिहान ७ बजी ७०२६ क्युसेक

३) ८ बजी 5023 क्युसेक।

४) बिहान ९ बजी ७९५१.३८ क्युसेक।

5) विहान १० बजी ८२५२.४० क्युसेक‌

6) बिहान ११ बजी ७८८५.६४ क्यूसेक।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement