शहीद कप फूटबलः मानजिंग फूटबल एकाडमी क्वार्टर फाइनलमा

IMG_20220714_211403.jpg

१४ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा मानजिंग फूटबल एकाडमीले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। माल बस्ती खेल मैदानमा जारी यस इलेभेन ए साइड टुर्नामेण्टअन्तर्गत बिहीवार भएको पूल बी-को म्याचमा मानजिंग फूटबल एकाडमीले स्पोन्यू स्पोर्टिंग क्लबलाई पेनल्टी शूटआउटमा ३-१-ले पराजित गऱ्यो। अब शुक्रवार खेलिने पूल ए-को म्याचमा मीनग्लास टी स्टेट र डालिमटारबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा खेलिनेछ। यसरी नै फाइनल म्याच २७ जुलाईमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement