अलिपुरद्वार। दिल्लीमा सयदिने कामको रकम दिनु पर्ने दाबीमा तृणमूलको विरोध आन्दोलनमा तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीलाई पक्राउ गरिएको विरोधमा बुधबार तृणमूल छात्रा परिषदले अलिपुरद्वार कलेज हल्टमा सड़क अवरोध गरे। पानीले निथ्रुक्क भिजेर पनि तृणमूल छात्रा परिषदका सदस्यहरुले सड़क जाम गर्दै विरोध प्रदर्शन गरे। उक्त विरोध प्रदर्शनमा अलिपुरद्वार नगरपालिकाका चेयरम्यान प्रसेनजीत कर लगायत तृणमूल छात्रा परिषदका जिल्ला अध्यक्ष समीर घोष, एवम् अन्यान्य छात्रा नेताहरुको सहभागिता रहेको थियो। यस विरोध प्रदर्शनमा तृणमूल छात्रा परिषदले प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहको कड़ा निन्दा जनाएका छन्।