दिल्ली पुलिसले अभिषेक ब्यानर्जीलाई लियो हिरासतमा

Abhishek-Banerjee-MP

नयाँ दिल्ली: दिल्ली पुलिसले कृषि भवनमा हडतालमा बसेका टीएमसीका सांसद अभिषेक ब्यानर्जीसहित टीएमसीका नेताहरूलाई हिरासतमा लिएको छ। केन्द्रीय ग्रामीण विकास राज्यमन्त्री निरञ्जन ज्योतिलाई भेट्न नसकेपछि यी सबै नेता कृषि भवनमै धरनामा बसेका थिए। पुलिसले जबरजस्ती सबैलाई त्यहाँबाट हटायो। महिला पुलिसले महुआ मोइत्रालाई हिरासतमा लियो। साथै सबै नेताहरुको मोबाइल फोन पनि जफत गरिएको समाचार। अभिषेक ब्यानर्जी मंगलबार दोस्रो दिन पनि धरनामा थिए। पुलिसले उनलाई तानेर लगे। पश्चिम बंगाललाई केन्द्र सरकारले रकम नदिएको आरोप उनीहरुले लगाएका छन्। टीएमसी नेताहरूले विरोधको क्रममा मनरेगा मजदुरहरू र निर्माण योजनाहरू निर्माण गर्न कोषको माग गरिरहेका थिए।

कोलाहलको बीचमा, टीएमसी सांसद शान्तनु सेनले भने, ‘हामीलाई बैठकको लागि बोलाइएको थियो। हामीलाई डेढ घण्टाभन्दा बढी पर्खन लगाइयो, त्यसपछि उनले (मन्त्रीले) भेट्नुहुन्न भन्यो। यदि केन्द्रीय मन्त्री साध्वी निरञ्जन ज्योतिलाई भेटिएन भने ठिक छ, हामी पनि कृषि भवनबाट कतै जाँदैनौँl’ अभिषेक ब्यानर्जी भन्छन्,  ’५० जना नेताहरूलाई रोक्न ५ देखि १० हजार पुलिसकर्मीहरू तैनाथ गरिएको छ। यहाँको सुरक्षाकर्मीको संख्या हेर्दा यहाँ भारत–चीन युद्ध भइरहेको जस्तो लाग्छl’ उनले अझ भने, ‘पूर्वोत्तरको राज्य मणिपुरमा हिंसा जारी छ, तर केन्द्र सरकार हाम्रो विरोध रोक्नमा केन्द्रित छ। उनले केन्द्र सरकारले आन्दोलनकारीलाई धम्की दिन खोजेको आरोप लगाएl’ नेता अभिषेक ब्यानर्जीले भने, ‘हामीसँग दुईवटा मात्र बाटो छ। पहिलो प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहको अघि आत्मसमर्पण गर्ने र आफ्नो बक्यौता रकम माग्ने। जबकि अर्को उपाय भनेको विरोध गर्नु होl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement