टिस्टा नदीको उग्र रुपले मचायो ताण्डव, २३ सेनाका बेपत्ता

img_20231004_wa0018_372

गान्तोक: गएकोकेही दिनदेखि लगातार रूपमा परिरहेको पानीले सिक्किममा व्यापक ताण्डव मचाएको छ। उत्तर सिक्किमको ल्होनाक झीलको कथित एक भाग पड्किएपछि टिस्टा नदीको जलस्तर अप्रत्याशित रुपमा बढ़ेको छ। टिस्टा नदीको बढ़ेको पानीले उत्तर सिक्किमदेखि पूर्व सिक्किमको सिङताम र रम्फूसम्म निकै ठूलो विनाश मचाएको छ। टिस्टा नदीले विशेष रूपमा सिङताममा निकै ताण्डव मचाएको छ। यहाँ नदीको किनारमा निर्मित धेरै घरहरू जलमग्न बनेका छन्। नदीको पानीले मानिसहरूलाई बगाएको हुनसक्ने आशंका व्यक्ति गरिएको छ। यद्यपि, यस खबरको आधिकारिक रूपमा पुष्टि भने हुनसकेको छैन। तर, यहाँ एक व्यक्तिको शव भेटिएको छ, जसको अहिले पहिचान हुनसकेको छैन।

सिङताम बजार छेउस्थित स्टीलको इन्द्रेणी पुल पनि बगाएको छ। स्थानीय मानिसहरूमा भयको माहोल छ। सिङताम छेउ बरदाङबाट सेनाका २३ जवान बेपत्ता भएको बताइएको छ। सेनाले खोजी अभियान शुरू गरेको छ। यसैगरी, मल्ली बजार छेउ राष्ट्रिय राजमार्ग-१० को एउटा ठूलो भाग टिस्टा नदीले बगाएको छ। यस कारण राष्ट्रिय राजमार्गमा वाहनलगायत मानिसहरूको आवागमन पूर्णरूपमा बन्द भएको छ। नदीको पानीले राष्ट्रिय राजमार्गका विभिन्न ठाउॅंहरूमा क्षति पुऱ्याएको छ। सिक्किममा पर्ने मल्ली बजारस्थित खेलमैदानसम्म पानी भरिएको छ। यस अतिरिक्त, सिक्किम र पश्चिम बंगालको सीमा क्षेत्र रम्फूमा पनि टिस्टा नदीले व्यापक क्षति पुऱ्याएको छ। नदीको पानी रम्फू बजार नजिक आवासीय क्षेत्रमा प्रवेश गरेको छ भने घरहरू जलमग्न बनेका छन्।–हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement