सभासद श्याम शेर्पाद्वारा पैह्रोको निरीक्षण
खरसाङ: खरसाङको वार्ड नम्बर ९ मा भारी वर्षाले मन्टिभिट ग्राउण्डमाथि ठूलो पैह्रो गएकोले तीनवटा घरहरूलाई खतरा भएको छ। पैह्रोले खरसाङ नगरपालिकाको वार्ड नम्बर ९ को मन्टिभियट खेल मैदान माथिल्लोपट्टिको घरहरू क्रमैले डोमा शेर्पा, चन्द्रिका लामा अनि पसी शेर्पाकाे घरलाई ठूलो क्षति हुने ठूलो खतरा उत्पन्न भएको छ।उक्त पैह्रोको जानकारी पाउनसाथ क्षेत्रीय सभासद श्याम शेर्पा र टोली पानी झरीकाे पर्वाह नगरी तारपोलिन लिएर निरीक्षण गर्नु पैह्रो स्थालमा पुगेका छन्।

उनले पैह्रोमा तारपोलिन प्रदान गरेका छन् साथै पैह्रोकाे निरीक्षण गरेर सम्बन्धित विभागहरुलाई जानकारी गराएका छन्। यस विषयमा सभासद श्याम शेर्पाले बताए अनुसार हिजो उक्त क्षेत्रमा पैह्रो जाने सम्भावना रहेको जानकारी पाए अनुसार हिजो नै दुईवटा तारपोलिन अनि नगरपालिकाकाे तर्फबाट एकवटा तारपोलिन पठाएको थियौं छोप-छाप पार्नु। तर आज बिहान ठूलो पैह्रो गएको जानकारी पाएर घटना स्थलमा निरीक्षण गर्न पुगेका थिए र थप ५ वटा तारपोलिनहरू प्रदान गरिदिएका छन्।

यसको साथै खरसाङ ईन्जिनियरिङ विभागकाे ईन्जिनियर दोर्जे तामाङ साथै नगपालिकाकाे ईन्जिनियर सञ्जय थापाद्वारा निरीक्षण गराए। पैह्रोले डोमा शेर्पा, चन्द्रिका लामा अनि पसी शेर्पाकाे घरलाई ठूलो क्षति हुने ठूलो खतरा उत्पन्न भएको छ।

सभासद श्याम शेर्पाद्वारा जीटीए चिफ् अनित थापा साथै नगरपालिका अध्यक्ष अनि उपाध्यक्षलाई जानकारी गराएको पनि बताएका छन्। उक्त निरीक्षणमा सभासद श्याम शेर्पासित युवा शक्ति खरसाङ टाउन कमिटीका सचिव बन्दन लामा अनि सेवन प्रधान पनि उपस्थित रहेका थिए।