एनएसएस एकाई १, गोरुबथान सरकारी कलेजले मनायो एनसीसी दिवस

IMG-20231004-WA0123.jpg

गोरुबथान: गोरुबथान सरकारी महाविद्यालय एनएसएस एकाई १ ले यसवर्ष महाविद्यालयमा भर्ना भएका विद्यार्थीवर्गको लागि एनएसएस दिवस र अभिमुखीकरण कार्यक्रम मनाएको जानकारी प्राप्त भएको छ। यस महत् कार्यक्रममा उत्तर बङ्गाल विश्वविद्यालयका एनएसएस संयोजक डा सुदास लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिए। उनले यस कार्यक्रममा आफ्नो विचार राख्नेक्रममा जीवनका बहुमूल्य अन्तर्दृष्टिहरू साझा गरे। उनले स्वयंसेवकको चरित्र निर्माणमा एनएसएसको महत्व बारे पनि गहन रुपमा बताए।एनएसएस प्रशिक्षणले भविष्यमा राम्रो नागरिक बन्न मद्दत गर्छ भनेर पनि उनले थप जनाए। उनले विद्यार्थीहरूलाई अध्ययनमा ध्यान केन्द्रित गर्न र विश्वविद्यालय र अन्य ठूला प्लेटफर्महरूमा गोरुबथान सरकारी कलेजको प्रतिनिधित्व गर्न पनि प्रोत्साहित गरे।उनले आफ्नो व्यस्तताबाट समय निकालेर गोरुबथान सरकारी महाविद्यालयमा यसरी अतिथिको रुपमा आइदिनु भएकोमा कलेज कृतपक्ष तथा विद्यार्थीगणको तर्फबाट कृतज्ञता जनाएका छन्। यस विद्यालयको स्वयंसेवकहरू उनको उपस्थितबाट प्रेरित बनेको छ।

गोरुबथान सरकारी महाविद्यालयको इतिहासमा पहिलो पटक, एनएसएस एकाई-१, गोरुबथान सरकारी महाविद्यालयले डा. अरुण प्रसाद रजक र श्रीमती अर्पना काल्देन जसले गोरुबथान सरकारी महाविद्यालयको एनएसएस एकाइलाई कलेज जीवनको अभिन्न अंग बनाउन लगनशील र निस्वार्थ रूपमा काम गरेका थिए उहाँहरुलाई बिशेष सम्मान जनाएका छन्।नवनियुक्त कार्यक्रम अधिकृत डा. रितेश बिश्वले कार्यक्रमका अध्यक्ष डा. पी.के. सेन, प्रमुख अतिथि डा. सुदास लामा, सबै एकाई तथा स्वयंसेवकहरुलाई स्वागत गरे।यसैक्रममा एनएसएस युनिट–१ ले पनि केक काटेर एनएसएस दिवस मनायो। शिक्षक परिषद् सचिव डा. श्री तेन्दुप लामाले आभार प्रकट गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement