सप्ताहव्यापी वन महोत्सवको पहिलो दिन बस अनि चित्र बनाउ प्रतियोगिता सम्पन्न

IMG-20220714-WA0133.jpg

गोरुबथान: राज्यव्यापी वनमहोत्सव आज १४ जुलाईदेखि २० जुलाईसम्म सम्पन्न हुनेछ। कालेबुङ बन बिभागको तत्वाधानमा सप्ताहव्यापी कार्यक्रमहरु समपन्न हुनेछ। आज नेउरा रेन्ज,चेल रेन्ज, सामसिङ रेन्ज,नोम रेन्ज,जलढक्का रेन्जका रेन्जर अफिसर,बीट अफिसर,जेएफएमसीका सदस्यगणहरुको उपस्थितिमा पाँचौ श्रेणी पर्यन्तका नानीहरुलाई लिएर बस अनि चित्र बनाउ प्रतियोगिता आयोजना गरेको थियो। स्थानीय युद्धवीर उच्चतर माध्यमिक विद्यालयको प्रेक्षालयमा समपन्न भएको थियो। यस प्रतियोगितामा जम्मा ३८ जना प्रतियोगीहरुले भाग लिएका थिए।यस प्रतियोगिताका निर्णायक नारायण प्रधान र पुरण मंगर थियो।यस प्रतियोगितामा उत्कृष्ट चित्र बनाएर प्रथम स्थान हिमाल लिम्बु माल चार बनबस्ती प्राथमिक पाठशाला,दोस्रो स्थानमा रोजु राई माल ४ बनबस्ती प्राथमिक पाठशाला,र तेस्रो स्थानमा अन्सरिया राई कोपिस बन बस्ती एम एस के का विद्यार्थी बने।
यसरी प्रतियोगितामा भाग लिने प्रतियोगि नानीहरुलाई प्रमाण पत्र प्रदान गरिनेछ भने प्रथम द्वितिय र तृतिय स्थान ओगट्न सफल नानीहरुलाई बन बिभागका उच्च अधिकारीको बाहुलीबाट पुरस्कार प्रदान गरिनेछ।बन महोत्सवको यस अवसरमा आज बन बिभागको तत्वाधानमा विरुवा वितरण पनि गरियो। धेरै मानिसहरुले विरुवा लिएर गएको पनि देखियो।यसै वन महोत्सव अवसरमा एन टि एफ सी को आयुर्वेदिक दवाईहरु १०% छुटमा बिक्री पनि गरियो।आजको यस कार्यक्रममा नेउरा रेन्जका रेन्जर अफिसर बिकास दर्जी,हुमायु कविर रेन्जर अफिसर चेल रेन्ज,बिकास तामाङ रेन्ज अफिसर सामसिङ,अमित मंगर नोम रेन्ज रेन्ज अफिसर,साथमा सम्पुर्ण रेन्जका बिट अफिसर , सम्पुर्ण स्टाफ,जे एफ एम सीका सदस्य उपस्थित थिए।यस बन महोत्सवको अवसरमा भोलिदेखि प्रत्येक जेएफएमसीका सदस्यहरुलाई पनि समावेस गरेर सप्ताहव्यापी बन पेट्रोलिङ साथै गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने जानकारी पनि बिकास दर्जी रेन्ज अफिसर नेउरा रेन्जले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement