खरसाङ: ख्यातिप्राप्त गायिका दिलमाया खातीको निधन भएको दु:खत समाचार प्राप्त भएको छ। नेपाली सांगीतिक जगतकी ख्यातिप्राप्त गायिका दिलमाया खातीको ३ अक्टोबरको अहिले राती ९.३० बजेतिर ८४ वर्षको उमेरमा घुमस्थित निजी वासस्थानमा निधन भएको छ। उनलाई केही दिन अघि उपचारपछि सिलगढीको एक निजी नर्सिङ होमबाट घर ल्याइएको थियो। उनको निधनले नेपाली सांगीतिक क्षेत्रमा ठूलो क्षति पुगेको छ। उनको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि कहिले लाने भन्ने विषयमा ४ अक्टोबरको बिहान नै थाहा लाग्ने भएको सरिता दर्नालले जानकारी गराएकी छन्। ख्यातिप्राप्त गायिका दिलमाया खातीको जन्म ६ अगस्त १९३९ सालमा भएको थियो।