भारतीय नौसेनाको कार अभियान सिक्किममा

IMG-20231003-WA0252.jpg

गान्तोक: मुम्बईदेखि सिक्किमसम्मको पाँच दिने लामो भारतीय नौसेनाको कार अभियान टोलीलाई रम्फूमा सिक्किम नौसेना भेटरन्सका सदस्यहरूले भव्य स्वागत गरे। १६ सदस्यीय यस टोली पाँच दिनको अभियानमा रहेको छ। टोलीले सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यलाई भेट्ने कार्यक्रम रहेको छ भने यसबाहेक टोलीले लाचेन, लाचुङ, गुरुदोङमार र भारत-चीन सीमा नाथुलाको पनि भ्रमण गर्नेछ। यस अभियानको मुख्य उद्देश्य युवाहरूलाई इन्डियन नेभीमा सेवा पऱ्याउनको निम्ति प्रोत्साहित गर्नु रहेको मुंबईदेखि आएका टीम सदस्यहरुले बताए। टीम सदस्य बिष्णु शर्मा अध्यक्ष एसटीसीएसले सिक्किमका लगभग ६० नौसेना वेटरन्सले भूतपूर्व सेना र अन्य अर्धसैनिक बलहरूको सहयोगमा राज्यको विकासमा पूर्ण रूपमा सहयोग गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement