गान्तोक: १५४औँ गान्धी जयन्तीको अवसरमा टाइगर फाइभ नकआउट फुटबल प्रतियोगिता भव्यतासित सम्पन्न भयो। माझीगाउँ विश्वदीप युवा क्लबले विश्वदीप समाजको सहयोगमा एक भव्य समारोहको आयोजना गरेको थियो। यस अवसरमा प्रमुख अतिथिका रुपमा विद्युत विभागका सुपरिटेन्डेन्ट इन्जिनियर राजेन्द्र गुप्ता र विशेष अतिथि साजन अग्रवाल थिए। मणिकुमार प्रधानद्वारा सञ्चालित कार्यक्रम आन्तर्गत विश्वदीप भेट्रान्स र रम्फू ड्राइभर्स एसोसिएसन, रिनाक स्ट्यान्डबीच पहिलो प्रदर्शनी खेल खेलिएको थियो। जसमा विश्वदीप भेट्रान्सले एक गोलले विजय हासिल गरेको थियो। म्यान अफ द म्याच जर्सी नंम्बर ९, प्रेम छेक्षीलाई प्रदान गरियो। दोस्रो प्रदर्शनी खेल विश्वदीप गर्ल्स र सिक्किम टुरिजम गर्ल्सबीच खेलिएको थियो जसमा विश्वदीप गर्ल्स टाइब्रेकरमा विजयी भयो। फाइनल खेल वी ब्रदर्स र रम्फू भेट्रान्सबीच भएको थियो थियो भने वी ब्रदर्स बिजेता बन्यो।