गान्तोक: मानव उत्थान सेवा समिति सिक्किम राज्य मानव सेवादलको १ अक्टोबरको दिन एक दिवसीय मण्डल स्तरीय प्रशिक्षण शिविर दक्षिण सिक्किमको राभाङला स्थित समिति आश्रम हंस सत्संग मन्दिरमा आयोजन गरेको थियो उक्त एक दिवसीय शिविर सिक्किम राज्य भित्रका मानव सेवादल स्वम सेवक-सेविकाहरूलाई लिएर राखेको थियो। उत्तर पूर्वाञ्चल क्षेत्र अध्यक्ष महात्मा अदिना बाईजीको करकमलबाट दीप प्रज्ज्वलन गरि सुरू गरेको शिविरलाई राभाङला तहसील प्रभारी महात्मा पुष्पवती बाईजीले उद्बोधन बिचार राखिन। समिति एवं मानव सेवादलका जिल्लाद्वारा लिखित त्रैमासिक प्रतिवेदन पेस गरियो।यो एक दिवसीय शिविरलाई दार्जीलिङ मण्डल प्रमुख बिनीता राई, डुवर्स मण्डल प्रमुख नवदीप लामा, प्रान्त प्रशिक्षक एलबी छेत्री, सागर मोक्तान, राष्ट्रीय सचिव आरबी भण्डारी, नाम्ची तहसील प्रभारी महात्मा सरला बाईजी, सुम्बुक तहसील प्रभारी महात्मा चंद्रकांती बाईजीले शिविरलाई सुम्घन गरेका थिए। गान्तोक तहसील प्रभारी महात्मा ज्ञान बाईजी र दरामदिन/जोरथाङ तहसील प्रभारी महात्मा सुमति बाईजीले ध्यान-साधनामाथि व्यवहारिक रूपमा साधना गराएकी थिईन भने वन्दना आरती पश्चात प्रथम दिनको शिविर समापन भएको थियो। यसरी नै दोस्रो दिनको कार्यक्रममा राष्ट्रपिता महात्मा गांधीको १५४औं जन्म-जयंतीलाई केंद्रित गरि समितिले शोभा यात्रा निकालेको थियो। शोभा यात्रामा देश भक्तिमा आधारित भजन, गगन चुम्बी प्रेरणादायक नाराले बाजार गूंजयमान भएको थियो। दोस्रो दिनको दोस्रो चरणको कार्यक्रममा गान्धी जयंतीको उपलक्ष्यमा सद्भावना सत्संगको आयोजना गरेको थियो भने उक्त कार्यक्रमलाई मानव सेवादल सिक्किम मण्डल प्रमुख प्रवीण गुरुङ, पूर्ण योञ्जन (अध्यक्ष,सिक्किम राज्य समिति),भीम प्रकाश राई (प्रान्तपाल,सिक्किम दार्जीलिङ हिमाली राज्य), प्रकाश हाङखिम (मूल सचिव, उत्तर पूर्वाञ्चल क्षेत्र), महात्मा ज्ञान बाईजी(प्रभारी, गान्तोक तहसील), महात्मा अदिना बाईजी (अध्यक्ष, उत्तर पूर्वाञ्चल क्षेत्र) ले राष्ट्रपिता गान्धीजीको जीवनी, शिक्षा, देशप्रेम, योगदानमाथि प्रवचन राखेका थिए। कार्यक्रममा नेपालको राजधानी काठमाड़ौंमा आयोजित मेरो भोइस यूनिवर्सको उप-विजेता शिशिर ठटाल र मथुरा उत्तरप्रदेशमा २६ अनि २७ अगस्तमा आयोजित मिनी ताईक्वांडो खेलमा स्वर्णपदक हत्याउन सफल भएकी सुश्री आकृति लिम्बूलाई समितिको तर्फबाट सम्मानित गरियो।