हङझाउ: एसियन गेम्स २०२३ मा भारतकी पारुल चौधरीले आज इतिहास रचिन्। आज पारुलले ५ हजार मिटर दौडमा स्वर्ण जितेकी छन्। पारुलले ३ हजार मिटर दौडमा पनि रजत पदक जितेकी छन्। पारुलको स्वर्ण २०२३ को एसियन गेम्समा ट्र्याक एण्ड फिल्डमा भारतको तेस्रो स्वर्ण पदक हो। पारुलले चीन र जापानका खेलाडीलाई पछि पार्दै पदक जितेकी हुन्। यसबाहेक महिला ज्याभलिन थ्रोमा पनि भारतले स्वर्ण जितेको छ। पारुल चौधरी उत्तर प्रदेशको मेरठकी निवासी हुन्। उनी किसान परिवारबाट आएकी हुन्। घरबाटै पैदलै स्टेडियममा जाने पारुल आज देशकै नम्बर एक धावक बनेकी छिन्। मेरठको दौराला क्षेत्रको एकमात्र गाउँकी पारुलले लस एन्जलसमा ३ हजार मिटरमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले लस एन्जलसमा साउन्ड रनिङ सनसेट टुर वनमा राष्ट्रिय कीर्तिमान कायम गरिन् र महिला तिन् हजार मिटर प्रतियोगितामा नौ मिनेटभन्दा कम दौड गर्ने देशकै पहिलो एथलीट बनिन्। मंगलबार अन्नु रानीले महिला ज्याभलिन थ्रोमा सिजनको उत्कृष्ट ६२.९२ मिटरमा स्वर्ण जितेकी हुन्।