अभिषेक मंगलवार आउन नसके बुधवार आउन सक्नछन्- ईडी

00-1-Rajya-Samachar

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा केन्द्रिय प्रवर्तन निदेशालय (डी) को नोटिसमा मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी पुगेनन्। उनी दिल्लीको जन्तर-मन्तरमा पार्टीको धरनामा सामेल छन् जबकि आज नै उनलाई सीजीओ कम्प्लेक्स स्थित केन्द्रिय एजेन्सीको अफिसमा बोलाइएको थियो।

यद्यपि, ईडीले मंगलवार स्पष्ट गरेको छ, अभिषेक ब्यानर्जी चाहे बुधवार पनि आउनसक्छन्। मंगलवार जस्टिस सौमेन सेनको खण्डपीठमा सुनवाई भयो। उनले भने, यदि अभिषेकलाई हाजिर हुनु थिएन भने उनले ईडीलाई अगावै बताउनुपर्थ्यो।

अभिषेकका अधिवक्ताले भने, अभिषेकलाई प्रत्येक पल्ट त्यही दिन बोलाइँदैछ, जुन दिन उनको राजनीतिक ऱ्याली हुन्छ। यसमा ईडीका अधिवक्ताले भने, अभिषेक आज आउन नसके, भोली आउनसक्छन्। बुधवार मामिलाको आगामी सुनवाई हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement