गान्तोक: राज्यका मुख्य सचिव भीबी पाठक, पुलिस महानिर्देशक एके सिंह, गृह विभागका अतिरिक्त मुख्य सचिव ए. सुधाकर राव लगायत अन्य अधिकारीरूले आज पाल्जर स्टेडियमको निरीक्षण गरे। विशेष गरेर आगामी १०-१५ अक्टोबरसम्म धर्मगुरू दलाई लामाको सिक्किम भ्रमणको कार्यक्रम रहेको छ। उनको आगमनको तयारीलाई लिएर हाल पाल्जर स्टेडियममा आयोजना गरिने कार्यक्रम स्थलको य़ुद्धस्तरमा तयारी चलिरहेको हुनाले यसको निरीक्षण गरिएको हो। उनले आगामी ११ र १२ अक्टोबरमा शिक्षा दिने र मानिसहरूलाई आशीर्वाद दिने कार्यक्रम रहेको हुनाले गर्दा यसको तयारी हाल चलिरहेको छ।
निरीक्षणको क्रममा मुख्य सचिवले सम्पूर्ण तयारीको बारेमा जानकारी लिनको साथै सम्बन्धित सञ्चालकहरु र सचिवहरुसँग पनि अन्तरक्रिया गरे।

पालजोर स्टेडियममा आवश्यक निर्देशनदिएपछि मुख्य सचिव, डीजीपी, एसीएस गृह र सबै सम्बन्धित अधिकारीहरूले मनन केन्द्रको भ्रमण गरे, जहाँ धर्मगुरू दलाई लामाले १३ अक्टोबरमा राज्य सरकारका वरिष्ठ अधिकारीहरू र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।