नाम्ची: दक्षिण सिक्किमको दिउ दामथाङ निवासी ददिकी शेर्पा पुणे, महाराष्ट्रमा राष्ट्रपिता राष्ट्रिय सम्मान लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मानित भएकी छन्। कला साहित्य संस्थान खोर्लोङ बिकमत, दक्षिण सिक्किमले उनको उत्तरोतर प्रगतिको कामना राख्दै बधाई टक्राएको छ।
संस्थानका उपाध्यक्ष सरमान सुब्बाले समाजसेवी दादिकी शेर्पाको यस गौरवपूर्ण उपलब्धिले कला साहित्य संस्थान, खोर्लोङलाई पनि गौरवान्वित तुल्याएको बताउँदै यस संस्थानसित प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएर साहित्यको विकासमा पनि टेवा पुऱ्याउँदै आइरहेको बताएका छन्।
उनले सिक्किम राज्यभित्र मात्र नरहेर भारतका अन्य राज्यहरूमा पनि असहाय वृद्धहरू र टुहुरा बाल बच्चाहरूलाई समय समयमा आर्थिक सहयोग दिँदै आइरहेकी छिन् भने कोभिड 19 को समयमा उनले निःस्वार्थ रुपमा स्वास्थ्य सेवामा पुऱ्याएको उपाध्यक्षले जानकारी गराएका छन्। उनले ददिकी शेर्पालाई बधाई दिँदै उहाँको सुस्वास्थ, दीर्घायु साथै उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।