खरसाङ: घुम्ती चियाबारीको अादर्श श्रमिक कल्याण केन्द्रमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। ग्राम सुधार समिति घुम्ती कमान र वेलफेयर सेन्टरको संयुक्त आयोजनामा उक्त नि:शुल्क अाँखा जाँच शिविर सम्पन्न भएको छ। यस शिविरमा घुम्ती चियाबारी र वरिपरिका मानिसहरू जम्मा १०० जनाभन्दा बेसीले आँखा जाँच गराएका थिए। तीमध्ये १३ जनाको मोतीबिन्दु ओपरेशनको लागि यसै सप्ताहभित्र सिलगढी लगेर ओपरेशन गरिने भएको छ। यस नि:शुल्क आँखा जाँच शिविरमा आँखा रोग विशेषज्ञ डा. सिल्पी मण्डल, डा. काजी महम्मद मुशरफ, डा. प्रमित रोय आदि उपस्थित थिए भने सहयोगीहरूमा रुकसाना बेगम, मुस्कान प्रसाद आदि उपस्थित रहेका थिए। यस नि:शुल्क आँखा जाँच शिविर विषयमा पत्रकारहरीसित कुराकानी गर्दै घुम्ती चियाबारीबाट प्रवीण दर्नाल र श्यामकुमार खवासले विस्तृत रूपमा बताएका छन्।