खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा एक दिवसीय भेटेरन ब्याडमिन्टन प्रतियोगिता

IMG-20231003-WA0243.jpg

खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा एक दिवसीय भेटेरन ब्याडमिन्टन प्रतियोगिता अायोजना गरिएको छ। खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा १५४औं गान्धी जयन्तीको अवसरमा खरसाङ ब्याडमिन्टन एसोसिएसनका भेटेरन सदस्यहरुको निम्ति अन्तर सदस्य युगल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरियो। एसोसिएशनको अध्यक्ष पेमेन्द्र गुरुङ अनि सचिव पियुस राईले महात्मा गान्धीको तस्वीरमा माल्यार्पण अनि दीप प्रज्वलन गरेर प्रतियोगिताको शुभारम्भ गरिएको छ। उक्त प्रतियोगितामा खरसाङ ब्याडमिन्टन एसोसिएसनका बीसजना वरिष्ठ सदस्यहरूले भाग लिएका थिए जसलाई पूल ‘ए’ अनि पूल ‘बी’ मा विभाजन गरेर प्रतियोगिताको आयोजन गरिएको थियो। प्रतियोगिताको फाइनल खेलमा भरत योल्मो अनि हेमराज राईको युगल जोडीले अजित ग्याबा अनि बृजकमल राईको जोडीलाई हराएर जीत हासिल गरेका छन्। प्रतियोगितालाई सुचारु रुपमा सम्पन्न गर्नको निम्ति वाङ्गेल योञ्जन, पियुस राई, विमल मुखिया, शुभ्र रूम्बाले अम्पायरको भूमिका निभाएका थिए। यस प्रतियोगिता आयोजन गर्नमा अग्रणी भूमिकामा रहेका प्रशिक्षक पासाङ लामा, वरिष्ठ सदस्य प्रकाश लामा अनि राजेश राईलाई खरसाङ ब्याडमिन्टन एसोसिएसनको तर्फबाट हार्दिक आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement