काेचबिहारः बाख्रा चोरीको आरोपमा गाउँलेहरूले दुई आरोपितलाई समाएर पुलिसलाई सुम्पेका छन्। घटना मंगलवार मेखलीगञ्ज ब्लकको उचलपुकुरी ग्राम पञ्चायत क्षेत्रको हो। स्थानीय सूत्रहरू अनुसार, आज दिउँसो क्षेत्र निवासी सुधीर बर्मनको घरबाट एउट बाख्रा चोरेर दुई व्यक्ति मोटरसाइकलमा भागिरहेका थिए। यो देखेर सुधीर चिच्याउन थाल्यो। सुधीर चिच्याएरो सुनेर गाउँलेहरू घटनास्थलमा पुगे र आरोपितहरूलाई समाए। यसपछि आक्रोशित भीड़ले आरोपितहरूको मोटरसाइलमा तोड़फोड़ गऱ्यो।
घटनाको सूचना पाएर मेखलीगञ्ज थाना पुलिस घटनास्थलमा पुग्यो र दुवै आरोपितलाई भीड़देखि बचाएर पक्राउ गर्यो। मेखलीगञ्ज थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ। पक्रा परेका दुवै आरोपित मेखलीगञ्जका बासिन्दा रहेको बताइएको छ।