खरसाङ: खरसाङको सन्त पावल चर्चमा नारी समाजका सदस्याहरूलाई मण्डलीप्रति उनीहरूले दिएको योगदानको लागि सम्मान जनाइएको छ। यसको साथै चर्चको नारी समाजका नयाँ कमिटीलाई हस्तान्तरण गरिएको छ। नारी समाजको यस नयाँ समितिमा सभापति मञ्जु राई, सचिव डिमु लेप्चा चयन भएका छन्। यसै क्रममा चर्चको नारी समाजको पदाधिकारीहरूलाई उनीहरूले चर्चप्रति दिएको योगदानको लागि सबै नारीहरूलाई सम्मान जनाइएको छ। यस क्रममा पूर्व सभापति जेनीफर मोजेसले नारी संगठनलाई कसरी एकत्रित गर्ने, संगठनलाई कसरी अघाड़ी बढ़ाउने साथै फण्डको कसरी अघि बढाउने विषयमा जानकारी गराएका छन्। त्यसरी नै नारी समाजलाई ३३ वर्षसम्म सेवा दिएका पूर्व सह सचिव दोरती राईले सुझाव राख्दै एका अर्कामा विश्वास राखेर प्रेम भावना राख्नु अनि संगठनप्रति दृड़ संकल्प राख्नु पर्ने सुझाव दिएकी छन्। उनले मण्डली र परिवारलाई कसरी अघि बढ़ाउनु पर्ने विषयमा विस्तृत रुपमा बताएकी थिइन्।