कोलकाता: स्कूल सेवा आयोग (एसएससी) को माध्यमले शिक्षकहरूको नियुक्तिमा धाँधलीको जाँच गरिरहेको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) को समनमा शिक्षा सचिव मनीष जैन केरकारको निम्ति पुगेका छन्। बिहीबार बिहान करिब ११ बजे निजाम प्यालेसस्थित सीबीआईको अफिसमा उनी पुगेका छन्, जहाँ उनीसित केरकार भइरहेछ। सन् २०१४ देखि २०१९ बीच शिक्षकहरूको नियुक्तिमा सल्लाहकार समिति गठन गर्नलाई लिएर उनीसित केरकार हुनेछ। सल्लाहकार समितिका सदस्यहरूसित अगावै सीबीआईको टीमले केरकार गरिसकेको छ। केन्द्रीय एजेन्सीका स्रोतहरू अनुसार सल्लाहकार समिति गठनलाई लिएर यस्ता धेरै दस्तावेज अघि आएका छन्, जसमा मनीष जैनको हस्ताक्षर छ। यही सम्बन्धमा उनीसित केरकार गरिनेछ। कसको निर्देशमा सल्लाहकार समितिको गठन भएको थियो, उनीसित यसबारे पनि केरकार गरिनेछ।