कोलकाताः मंगलवार बिहान ट्रेन सामू कुदेर एक व्यक्तिले आफ्नो ज्यान दियो। घटना उत्तर २४ परगना जिल्ला अन्तर्गत आगरापाड़ा क्षेत्रको हो। प्रत्यक्षदर्शीहरू अनुसार, बिहान १२.३० बजी लालगोला ट्रेन आगरापाड़ा रेलवे स्टेशनको तीन नम्बर प्लेटफार्म भएर गइरहेको थियो। त्यही समय एक व्यक्ति ट्रेन सामू कुद्यो। ट्रेन आफ्नो रफ्तारमा कुदिरहेको कारण व्यक्तिको घटनास्थलमै मृत्युभयो। उसको आयु लगभग ४५ वर्ष बताइएको छ।
खबर लेखिञ्जेलसम्म मृतकको पहिचान हुनसकेको थिएन। घटनाको कारण केही बेरको निम्ति ट्रेनहरूलाई रोक्न पऱ्यो। यस घटनाले यात्रीहरूमा सनसनी फैलियो। घटनाको सूचना आरपीएफलाई दिइयो। सूचना पाएर आरपीएफ घटनास्थलमा पुग्यो र कारबाही शुरू गऱ्यो।
-हिस