खरसाङ: वरिष्ठ नागरिक कल्याण संगठन तीनधारे, स्थानीय सचेत युवावर्ग अनि पल्स नरसिङ होम सिलगढीको संयुक्त प्रयासमा तीनधारे वरिष्ठ नागरिक कल्याण संगठन कार्यालय भवनमा प्रौढ दिवस अनि महात्मा गाँधी जयन्तीको उपलक्ष्यमा मेडिकल क्याम्पको आयोजना गरियो। पल्स नरसिङ्ग होमका डाइरेक्टर अनि डाक्टर मेजर नवनीत राजकुमारको नेतृत्वमा १२ जना मेडिकल टेक्निसियनहरूका असल कार्य सम्पादनमा ६५ जना विभिन्न प्रकारका रोगीहरूको स्वास्थ्य जाँच गरी नि:शुल्क औषधिहरू पनि वितरण गरिएकोसछ। उक्त स्वास्थ्य शिविरमा ईसीजी, सुगर टेस्ट र ब्लड टेस्टको सुविधा पनि उपलब्ध गराइएको थियो। महात्मा गाँधीजीप्रति श्रध्दाञ्जली अर्पण गरी मेडिकल टिमलाई स्वागत जनाई पूर्व प्रधान अध्यापक जेबी गुरुङद्वारा महात्मा गाँधी अनि प्रौढ दिवसको विषयमा वक्तव्य राखेपछि स्वास्थ्य जाँच शिविरको शुभारम्भ गरिएको थियो। उक्त शिविरमा वरिष्ठ कल्याण संगठनका सभापति गाँधी मोक्तान, सचिव पूर्णकुमार मास्के, सह-सचिव सुरेशचन्द्र दर्नाल, दिपक प्रधान, मिलन प्रधान अनि घैयाबारी दुई ग्राम पञ्चायत र समिति सदस्यहरू योगराज प्रधान, सुस्मिता गजमेर अनि स्नेहा बरदेवाको पनि उपस्थिति रहेको थियो। सागर दास, सुरेन बम्जन, श्याम शंकर, दिपराज माझी र अन्य सचेत युवावर्गका आजको शिविरमा प्रमुख भूमिका रहेको थियो।

यसका साथै उक्त पल्स नर्सिङ होमका बीएससी नर्सिङ्ग लेक्चरर सुवेरवा देती अनुसार उक्त नर्सिङ होमले सुपत मूल्यमा जीएनएम र डीएमएलटीको रेजिस्टरड ट्रेनिङको सुविधा पनि रहेको बताइन् भनी तीनधारेस वरिष्ठ नागरिक कल्याण संगठनको सह सचिव सुरेशचन्द्र दर्नालले जानकारी गराएका छन्।