निःशुल्क मोतियाबिन्द अपरेशन शिविर आयोजित

00-1-Rajya-Samachar

कोलकाताः मानव सेवालाई समर्पित समर्पण ट्रस्टको तत्वावधानमा नागरिक स्वास्थ्य संघको संघ नेत्रालयमा ५१ रोगीको निःशुल्क मोतियाबिन्द अपरेशन गरियो। नेत्र अपरेशन शिविरमा समर्पण ट्रस्टका प्रधान सचिव प्रदीप ढेडिया, विशिष्ट अतिथि भानीराम सुरेका, अशोक ढेडिया, सुशील चौधरी, नवीन गोपालिका, अभिषेक गुप्ता, अमर भरतिया, पंकज कुमार, प्रीति ढेडिया, पवन खेतान, आनन्द ढेडिया, सन्तोष खेड़िया, भागचन्द मून्धड़ा तथा अमन ढेडियाले नागरिक स्वास्थ्य संघद्वारा नेत्र चिकित्सा सेवाको सराहना गर्दै संघ नेत्रालयको प्रगतिको निम्ति शुभकामना दिए।

संघका प्रबन्ध न्यासी सुरेन्द्र अग्रवाल, उपाध्यक्ष इन्द्र कुमार डागा, प्रधान सचिव विकास चन्द चाण्डक, संघ नेत्रालयका सचिव आलोक दमानीले सबै अतिथिहरूको स्वागत जनाए। समर्पण ट्रस्टको सेवा कार्यको सराहना गर्दै सुरेन्द्र अग्रवालले आई ब्याङ्कको सन्दर्भमा विचार व्यक्त गरे एवं संघ नेत्रालयमा नेत्र अपरेशनको निम्ति अत्याधुनिक सुविधाहरू एवं भाव योजनाहरूको जानकारी दिए।

शिविरलाई सम्बोधित गर्दै ट्रस्टका महासचिव प्रदीप ढेडियाले भने, मानिसहरू वृद्धावस्थामा आँखाको रोशनी कम भएको कारण दैनिक कार्यहरू गर्नमा अक्षम भइरहेका छन्। यस्तो स्थितिमा उनीहरूको आँखाको ज्योति फर्काउनुभन्दा अरू कुनै पुनीत कार्य हुनसक्दैन। साथै उनले विद्यालयमा छात्र-छात्राहरूको नेत्र परीक्षण योजनामा हरसम्भव सहयोग पुऱ्याउने आश्वासन दिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement