सिलगढ़ी। नक्सलबारीको बेलगाछी चियाबारी संलग्न कदमा क्षेत्रको च्याङ्गा नदीबाट एकजना युवकको शव भेटाउनाले क्षेत्रमा खैलाबैला मच्चिएको छ। मंगलाबार नदीमा यसरी शव फेला पर्दा सनसनी मच्चिएको थियो। मृतकको आफन्तले यो हत्या गरिएको बताएको छ। मृत युवकको नाम सागर नागासिया बताईएको छ भने मृतकको आँखा र अनुहारमा प्रहार गरिएको र निर्वस्त्र अवस्थामा शव भेटाईएको थियो।

नक्सलबारी पुलिसले घटनास्थलमा पुगेर शव बरामद गरेपछि पोस्टमार्टमको निम्ति उत्तरबंगाल मेडिकल कलेज पठाईएको छ। उक्त घटनाले क्षेत्रमा शोकको लहर छाएको छ भने मृतकको परिवारले नक्सलबारी थानामा अभियोग दर्ता गरिने जनाएका छन्।