सिलगढ़ीः फाँसीदेवा ग्रामीण अस्पतालमाथि चिकित्सामा ढिलाई हुँदा एक रोगीको मृत्यु भएको आरोप लागेको छ। मृतकका परिजनहरूले हिजो राति फाँसीदेवा ग्रामीण अस्पतालमा जमेर हंगामा गरे, जसबाट अस्पताल परिसरमा तनावको स्थिति बन्यो। जानकारी अनुसार, हिजो एक रोगी करेन्टको चपेटमा परेको थियो, जसलाई उसका परिजनहरूले उपचारको निम्ति फाँसीदेवा ग्रामीण अस्पताल लगेर गए। त्यहाँ रोगीको समयमा उपचार नहुँदा उसको मृत्यु भएको आरोप छ।
मृतकको नाम मोसिर अली (फाँसीदेवा चटहाट निवासी) थियो। घटनापछि मृतकका परिजनहरूले अस्पतालमाथि लापरवाहीको आरोप लगाउँदै जमेर हंगामा गरे। मृतकका पिता मोहम्मद अब्दुलले भने, यदि उनको छोराको समयमै उपचार भएको भए उसको ज्यान बाँच्नेथियो। घटनाको सूचना पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुग्यो र स्थितिलाई नियन्त्रणमा लियो। पछि शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइयो।