तीनधारेमा गाँधी जयन्तीसितै फोहोर मैला प्रबन्धनमाथि सचेतना कार्यक्रम सम्पन्न

IMG-20231003-WA0236.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेमा श्रीगणेश सहकारी समिति र जिल्ला ग्रामीण विकास एकाई दार्जिलिङको संयुक्त आयोजनामा राष्ट्रपिता महात्मा गाँधीको १५४औं जन्म जयन्तीसितै स्वच्छ भारत अभियान अन्तर्गत फोहोर मैला प्रबन्धनमाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता घैयाबारी ग्राम पञ्चायतको पञ्चायत प्रधान भगवती राई प्रधानले गरेकी थिइन् भने मुख्य अतिथिको रूपमा खरसाङ खण्ड पञ्चायत समितिको उप सभापति नारायण थापा उपस्थित थिए। कार्यक्रमको शुरुमा राष्ट्रपिता महात्मा गाँधीको तस्वीरमा सभाध्यक्ष, मुख्य अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट धुप द्वीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण सीबी भुजेलले राखेका थिए भने सञ्चालन सुकुमार बराइलीले गरेका थिए। कार्यक्रममा फोहोर मैला प्रबन्धनमाथि खरसाङ खण्डको फोहोर मैला प्रबन्धनको टेक्निसियन प्रभात गजमेरले उपस्थित मानिसहरूलाई सचेत गराएका थिए। सभामा श्रीगणेश सहकारी समितिको सभापति बिनयकुमार छेत्रीले आफ्नो सम्बोधनमा फोहोर मैलालाई लिएर छिमेकीहरूमा बाझाबाझ हुने गरेको तर यसलाई कसरी सठीक रूपमा काम गरेर प्रबन्धन गर्नुपर्छ त्यो कुरा बुझ्नुपर्छ भनी बताएका छन्। त्यसरी नै तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा गाँधी जयन्ती र फोहोर मैला प्रबन्धन विषयमा सचेतना गराएका छन्। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित खरसाङ खण्ड पञ्चायत समितिको उप सभापति नारायण थापाले आफ्न सम्बोधन राख्दै स्वच्छ भारत अभियानप्रति हामी जागरूक हुनुपर्छ भन्दै हाम्रो कर्तव्य हुन्छ कि हामीले बुझेका कुराहरू अरुलाई पनि सिकाउनुपर्छ भनी बताएका छन्।

कार्यक्रममा सभाध्यक्ष घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती राई प्रधानले यो कार्यक्रम हामीलाई चाहिने सठीक कुरा लागेको र हामीले स्वच्छ भारत अभियानक परिकल्पनालाई हामीले पनि प्रयोग गर्नुपर्छ। उनले यर सफाई र आफ्नो स्वस्थ्यलाई प्रथम प्राथमिकता दिनुपर्छ भनी बताइन्। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, खरसाङ खण्ड पञ्चायत समितिको सदस्यहरू क्रमैले दावा वाङ्दी लामा, साजन दर्जी, कुसाङ लामा, सुकमान ऊराव आदि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement