कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा वर्षाको क्रम रोकिएको छैन। मौसम विभागको तर्फबाट मंगलवार जारी बयान अनुसार, राजधानी कोलकातामा गत २४ घण्टामा १५.८ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ।
यसले गर्दा न्यूनतम तापक्रम २६.१ डिग्री सेल्सियस र अधिकतम तापक्रम २९.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यो सामान्यभन्दा चार डिक्री कम छ। कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा पनि मंगलवार बिहानैदेखि लगातार पानी पर्नु शुरू भएको छ। उत्तर बंगालको अलिपुरद्वार, कुचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा पनि पानी पर्नु जारी छ। उल्लेख्य, पश्चिम बंगालम गत एक हप्तादेखि लगातार पानी परिरहेछ, जसले गर्दा स्थिति खराब भएको छ। राज्य सरकारले राज्यका सात जिल्लामा बाढ़को आशंका व्यक्त गरेको छ।
-हिस