कराँटे वुसु खेलमा विजेताहरूलाई सम्मान

IMG-20220518-WA0141.jpg

कालचिनी। ८औँ नेताजी राज्य गेम्समा अलिपुरद्वार जिल्लाको कुमारग्राम खण्ड अन्तर्गत पर्ने चेङमारी ग्राम पञ्चायत क्षेत्र औ माझेरडाबरीबाट कराँटे वुसु खेलमा पल्लवी दास र प्रेमकुमार बर्मनले क्रमैले ब्रोन्ज र सिल्भर मेडल हासिल गर्न सफल भएकोमा आज तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक र आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्ज लगायत अन्यान्यको उपस्थितिमा ती दुवै कराँटे खेलाड़ीहरूलाई सम्वर्द्धना प्रदान गरिएको थियो।
राज्यस्तरीय कराँटे वुसु खेलमा यी दुवै खेलाड़ीहरूले राम्रो प्रदर्शन गर्दै जिल्लाको नाम रोशन गरेकोमा आज यी दुवै खेलाड़ीहरूलाई उत्साह प्रदान गर्न औ राज्य सरकार सदैव उनीहरूको साथमा रहेको सन्देश वार्ता दिनलाई घरमा पुगेको तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले जनाएका छन्।
आज दुवै वुसु खेलाड़ीहरूलाई सँगसँगै प्रशिक्षक रञ्जित राय र अन्य वुसु खेलाड़ीहरूलाई पनि खदा पहिराएर सम्मान प्रदान गरिएको थियो भने उक्त अवसरमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक र आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्ज एवम् चेङमारी ग्राम पञ्चायत प्रधान एनबी सार्की तृणमूल नेता जयन्त कार्जी आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement