एक झूट लूकाउन सय झूट बोल्दैछ!

Screenshot_20231003_190905_WhatsApp.jpg

शिक्षा विभाग जीटीएको स्थान्तरण विभाग हो की होइन यसको फैसला अब न्यायलयले गर्नेछ: अजय एडवाडर्स

दार्जीलिङ: एउटा झूट लुकाउन एक सय झूट बोल्दैछ,शिक्षा विभाग जीटीएको स्थान्तरण विभाग हो की होइन यसको फैसला अब उच्च न्यायलयले गर्नेछ भन्ने यो मनतव्य हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले पोखेको हो।गत २०२१ मा जीटीएद्वारा आयोजित टेट परिक्षाको प्रश्न पत्र सुरक्षित छ की छैन भन्ने विषयमाथि जिज्ञासा राख्दै जिल्ला स्कूल बोर्डको निर्वाचित सभासदहरूले अनुमति पत्र चढाएका थिए साथै ४८ घण्टाभित्रमा अनुमति प्रदान नगरेको खण्डमा आफुहरू स्वयम स्ट्रोङ रूममा निरक्षण गर्न जाने घोषणा गरेको थियो।निर्वाचित सभासदहरूले चढाएको अनुमति पत्रको कुनै जवाफ नआउँदा आज हाम्रो पार्टीको निर्वाचित सभासदहरू जिल्ला स्कूल बोर्डको कार्यलय पूगेका थिए।जसमा हाम्रो पार्टीको संस्थापक अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्स,सभासद रोवर्ट छेत्री,सभासद सन्नी बम्जन आदि सामेल थिए।हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवडर्सले अघि भने जीटीएद्वारा आयोजित टेट परिक्षा मा १२ हजार ९४ परिक्षार्थीहरू परिक्षामा बसेका थिए भन्ने सत्यता अघि आएको छ।जीटीएको शिक्षा विभागीय सचिवसंगको भेटवार्तामा जीटीएद्वारा आयोजित टेट परिक्षाको प्रश्न उतर पत्रहरू जिल्ला स्कूल बोर्डको पूरानो कार्यलयमा रहेको बताएका थिए अनि हामीले त्यसैको आधारमा आज भन्दा तीन अधि दिन जिल्ला स्कूल बोर्डलाई परिक्षा पत्रको निरक्षण गर्ने अनुमति पत्र चढाएका थियौ तर हामीले पठाएको पत्र विभागीय अधिकारीले पाएपछि हामीलाई कुनै जानकारी गराएनन त्यसले आज हामी यहा आएका छौ तर यहाको विभागीय कर्मचारीहरूले परिक्षा पत्र यहा होइन जीटीएको शिक्षा विभागीय कार्यलय लुइस जुब्लीमा छ भनेर भन्दैछ अध्यक्ष एडवाडर्सले भने।तिनले अधि भने परिक्षा पत्रको निरक्षण गर्ने अनुमति पत्र हामी भोली बुद्वबार नै लुइस जुब्ली विभागीय कार्यलयलाई चढाउने छौ अध्यक्ष एडवाडर्सले भने।जीटीएद्वारा आयोजित टेट परिक्षा सम्पन्न भएको ३३ महिना बितीसकेका छ तर परिक्षार्थीहरूको प्रश्न उतर पत्र केवल संग्रह गर्ने कार्य मात्र भएको छ त्यसको निरक्षण एंव जाँच गर्ने कार्यहरू भएको छैन ।यो कस्तो हेलचक्राई एडवडर्सले प्रश्न तेर्साए।स्कूलमा विद्यार्थीहरूले दिएको परिक्षाको पेपर त केही दिनभित्रमा नै जाँच्ने काम गरिनेछ तर जीटीएद्वारा आयोजित टेट परिक्षाको प्रश्न उतर पत्र तीन बर्ष विति सक्दा पनि जाँच्ने कार्य नहुनु यो आश्चर्य चकित पार्ने विषय हो तिनले भने।जीटीए चीफ अनित थापा दाजु स्कूल बोर्डको पूर्व अध्यक्ष छिरिङ दाहाल दिदीले शिक्षा विभाग जीटीएको स्थान्तरण विभाग रहेको दावी गर्दैछ तर उनीहरूले दावी गरेर हुँदैन,यसको फैसला उच्च न्यायलयले गर्नेछ अनि यसको सत्यता न्यायलयले नै तय गर्नेछ।उनीहरूलाई जे इच्छा लाग्दा त्यो विभाग स्थान्तरण भयो अनि जे इच्छा छैन त्यो विभाग चहि स्थान्तरण होइन यो उचित भएन हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले भने।एउटा झूट लुकाउन एक सय झूट बोल्ने कार्य गर्दैछ,विगत ३३ महिनादेखि झूटमाथि झूट बोल्दैछ अध्यक्ष एडवडर्सले भने।हामी निर्वाचित सभासदहरू हौ,हामीले एक लाख भन्दा धेर भोट दिएर हामीलाई जनताले सभासद चयन गरेको हो अनि हाम्रो दायित्व बन्छ।हाम्रो क्षेत्रको विद्यार्थीहरूले टेट परिक्षामा दिएको प्रश्न उतर पत्रको निरक्षण गर्ने तिनले भने।जीटीएद्वारा आयोजित टेट परिक्षाले परिक्षार्थीहरूलाई नोकरी दिने हो की घोटाला मात्र गरेको हो त्यसको अन्तसम्म जाने हाम्रो दायित्व पनि हो हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सले भने।

About Author

Advertisement