डिखलेम: असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिको सल्लाह अनुसार नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिनको पावन अवसरमा १३ जुलाईमा पश्चिम कार्बी आङलङ जिल्लाको बैठालाङस, माईलु, जिरिबासा, हवाईपुर, डिखलेम, दयाङमुखं, खेरनी, जेङ्खा, कलङा, मुगासङ, बैठालासू, आम्री-चिङथङ, खान्दुली आदि शाखाद्वारा २०९औं आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती समारोहको आयोजना गरिएको कार्यक्रममा अनेसास पश्चिम कार्बी आङलङ जिल्लाअन्तर्गत रहेको सबै शाखाहरुले झन्डोत्तलन, दीप प्रज्ज्वलन, रामायण पाठ, कविता वाचन, नृत्य आदि अनुष्ठान सम्पन्न भएको थियोl दिउँसो १२ बजेदेखि बैठालासुमा निर्दिष्ट वक्ताको रुपमा अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति लीला उपाध्याय मुगासगंमा मुख्य अतिथि को रूपमा थिएl अनेसास केन्द्रीय समितिका सदस्य ज्योती होमागाई निर्दिष्ट वक्ता विमल प्रधान बिशिष्ट लेखक केशव होमागाई, जेङ्खामा एसएसए जिल्लामा कार्यरत विषया दावा शेर्पा लामा मूख्य अतिथिको रुपमा उपस्थित थिएl अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका उपसभापति चेतनाथ नेपाल र अनेसास पश्चिम कार्बी आङलङ जिल्ला महिला प्रकोस्ठकी सम्पादिका ललिता लामा विशिष्ट अतिथि रहेका थिएl माइलुमा अनेसास केन्द्रीय समितिका उपसभापति रमाकान्त पौडेल सदस्य नर बहादुर छेत्री, पूर्व केन्द्रीय सदस्य हेमसागर उपाध्याय निर्दिष्ट वक्ताको रूपमा तथा अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका मूलसचिव गणेश छेत्री विशिष्ट अतिथिको रुपमा उपस्थित भई विभिन्न कार्यक्रम साथै उच्च र उच्चतर माध्यमिक परिक्षामा विशेष सफलता प्राप्त गर्न सक्षम भएका विद्यार्थीवर्गलाई ढाका टोपी र अभिनन्दन पत्रले सर्म्वधना जनाइयो। अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति लीला उपाध्याय र मूलसचिव गणेश छेत्रीले आदिकवि भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व वर्णन गर्नुका साथै आदिकविलाई भारतवर्षमा पुजिनको तात्पर्य व्याख्या गरेका थिएl उनले आध्यात्मिक रामायण अनुवाद गरि आधुनिक नेपाली भाषालाई सहज सरल पार्नका साथै गोर्खा महाजातीलाई एउटा मालामा गाँस्न मदत पुर्याउन सफल भएका थिए र आधुनिक नेपाली भाषालाई सहज सरल रूपमा प्रतिष्ठा गर्ने भानुभक्तलाई कवि मोतीराम भट्टले वि:स:१९४८ सालमा आदिकविको मान्यता दिए पनि उनले लेखेको आदि कवि त्यतिसारो चलेन। १९९७ सालमा जुद्धशमशेर राणाले भानुभक्तलाई आदिकवि भन्ने हुकुम दिएपछि सबैका जिभ्रामा भानुभक्त आदिकवि हुन पुगे भन्ने उल्लेख गर्दै भानुभक्तले शिक्षा, साहित्य, संस्कृति र समाज संस्कारको क्षेत्रमा दिएको अवदानलाई हाम्रा उत्तरपुरुषहरुको माझमा जानकारी दिनु अति आवश्यक छ भन्ने कुरा सभापति लीला उपाध्याय र मूलसचिव गणेश छेत्रीले भनेका छन् साथै सबै विद्धार्थीवर्गलाई आफ्नो मातृभाषा नेपाली विषय लिएर पढ्न आह्वान गरेका छन्।