केन्द्रिय मन्त्री जोन बारलामाथि चियाकमान मालिकबाट पैसा लिएको आरोप

IMG-20231003-WA0201.jpg

सिलगढ़ी। केन्द्रिय अल्पसंख्यक उपमन्त्री जोन बारलाले चियाकमानको मालिकहरुसँग मिलेर साँठगाठ गरेको र पैसा खाएको गम्भीर आरोप लागेको छ। मंगलाबार सिलगढ़ीमा पत्रकार सम्मेलन गर्दै भारतीय टी वर्कर्स यूनियनका अध्यक्ष जुगल झाँले केन्द्रिय मन्त्री तथा अलिपुरद्वार सांसद जोन बारलालाई संगठन विरोधी गतिविधि गरेकोमा संगठनको सल्लाहकार पदबाट बर्खास्त गरिएको बताए। केन्द्रिय मन्त्री जोन बारलासितै तिनको करीबी विलियम मिञ्ज, टोपेन सोरेन र पारस चीक बढ़ाईकलाई पनि संगठनबाट निकालिएको जुगल झाँले बताए। केन्द्रिय मन्त्री जोन बारलाले बीटीडब्ल्यूयू अध्यक्ष जुगला झाँलाई घातक हमला गराएको आरोप जुगल झाँले लगाएका छन्। केन्द्रिय मन्त्री जोन बारलाले चियाकमानको मालिकहरुसँग सेटिङ गरेर श्रमिकहरुको हित विरुद्ध काम गरेको आरोप जुगल झाँले कसेका छन्। केन्द्रिय मन्त्री जोन बारला विरुद्ध मानहानीको मामिला गरिने पनि तिनले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement