खरसाङ: खरसाङ नगरपालिकाको टोलीद्वारा वर्तमान खरसाड नगरपालिकाको विभिन्न समस्याहरू दार्जिलिङ जिल्लाका जिल्लापालसित दार्जिलिङमा भेटघाट गरिएको छ। उक्त टोलीमा खरसाड नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङ, भाइस चेयरम्यान सुवास प्रधान, एसएई सञ्जय थापा साथै खरसाड महकुमा अधिकारी अवोध सिंघल आईएएसको उपस्थितिमा दार्जिलिङका जिल्लापाल डा प्रिती गोयल आईएएस अनि संयुक्त जिल्लापालसँग जिल्लापाल कार्यालयमा भेट गरी सभा सम्पन्न गरिएको छ। यस क्रममा खरसाङ शहरलाई स्वच्छ एंव सुन्दर बनाउन खरसाङ नगरपालिका अधीनस्थ रहेका जगा जमीनको अवैध तरिकाले ओगटेको जगा जमीनमाथि कार्वाही गरी सरकारी परियोजना गर्ने साथै खरसाङ नगरपालिकाको राजस्व कर बढाउन आवश्यक लिएर चर्चा गरियो साथै खरसाङमा पानीको समस्या लिएर जनहितको असुविधालाई मध्यनजर राखी अशरूत २.० पानीको सरकारी परियोजनाको पत्राचार सम्बन्धित निकाय समक्ष कहाँसम्म कार्वाह भईसकेका छन् भन्ने जस्ता विषयररूलाई लिएर पनि चर्चा गरिएको जानकारी प्राप्त भएको छ।

त्यसरी नै एसडब्ल्युएम परियोजना अन्तर्गत हर घरमा मैला उठाएर सही ढंगमा सदुपयोग गरिरहेका छन् कि छैन यसलाई सफलिभूत पार्न प्रशासनिक सहयोग आवश्यक रहे सहयोग गर्न महकुमा अधिकारीसँग सल्लाह परामर्श गर्ने सुझाव गरिएको छ। जिल्लापालसितको उक्त भेटघाट र सभा सौहार्दपूर्ण रूपमा साथै सफल भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।