समिर आचार्य र शान्तिश्री परियारको गीत भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)  

Maya-ho

काठमाडौं: गायक समिर आचार्य र गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै संगीत र राम अविरल बिष्टको शब्द रहेको छ। सुरेन्द्र मल्ल ठकुरी (एसएम)को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बु फिचर्ड छन्। पूर्वी धनकुटामा छायाकंन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायांकन छ।

नेपमेलोले निर्माण गरेको भिडियो उत्कृस्ट बनेको छ। यस गीतले समाजको पूर्वी नेपालको लिम्वु संस्कृतिको वास्तविकता बोल्छ। फरक शैलीको नयाँ गीत दर्शक माझ दिन चाहने नेपमेलोले यस पटक पनि यो भिडियोमा एउटा फरक कथा बुनेको छ। कहिले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्ने गरेको छ। समिर आचार्य पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन्। जसले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन्। पहिलेका गीतहरू झैँ दर्शक स्रोताले रुचाउनेमा आफू विश्वस्त रहेका आचार्यले यो भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *